Logo

तरुण दलले बाढी प्रभावित क्षेत्र ललितपुरको मेडिसिटी अस्पताल नजिक सरसफाइ गर्ने



काठमाडौं, १४ असोज । नेपाल तरुण दल केन्द्रीय समितिले केही दिनअघि मुलुकभर अविरल बर्षाले देशको विभिन्न भागमा बाढी पहिरो र डुबानको कारण भौतिक रुपमा जनधनको क्षति भएको अवस्थाप्रति दुःख व्यक्त गरेको छ ।

आज (सोमबार) नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयमा बसेको बैठकले केन्द्रीय कार्यसमितिको आयोजनामा बाढी प्रभावित क्षेत्र ललितपुर महानगरपालिका– १८ को आदित्यनाथ टोल दुर्गा मन्दिर परिसर (मेडिसिटी अस्पताल नजिकै) फोहोर हरु पन्छाउने कार्य गर्ने निर्णय गरेको हो ।

उपत्यकामा उपस्थित केन्द्रिय सदस्य, जिल्ला कार्यसमिती अध्यक्षलगायत तरुण सदस्यहरुलाई भोलि ७ बजे तरुण पोशाकसहित उक्त स्थानमा उपस्थित हुन निर्देशित गरिएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्