Logo

नवलपरासीको दाउन्नेमा भासिएको सडक एकतर्फी खुल्यो



काठमाडौं । पश्चिम नवलपरासीको जङ्गलमा बाटो भासिएपछि पूर्ण रुपमा अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग एकतर्फी खुलेको छ ।

अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानीखोलास्थित दाउन्ने जङ्गलमा पूर्व–पश्चिम राजमार्ग भासिएको थियो । मर्मतपछि आज बिहान ९ बजेपछि सडक सञ्चालनमा आएको हो ।

सडक भासिएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको थियो । प्रहरीका अनुसार सडक अनुमानित डेढ फिट भासिएको थियो ।

बुटवल–नारायणगढ निर्माण हुँदै गरेको सडकको ‘रिटनेङवाल’ चर्केर विद्युत्को ‘हाइटेन्स पोल’ पनि सडकमा ढलेको प्रहरीले जनाएको छ । बाटो खुलाउन सडक डिभिजन, विद्युत् कार्यालय नवलपरासीले संयुक्त प्रयास गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्