Logo

कोशी र बागमतीमा दुई दिन भारी वर्षाको सम्भावना, विहानको समय यात्रा गर्न मौसमविद्को सुझाव (भिडिओसहित)



काठमाडौं, १५ असोज । वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले कोशी र बागमती प्रदेशमा बुधबार र बिहीबार (भोलि र पर्सी) भारी वर्षाको सम्भावना रहेको बताए । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालबाट मनसुन बाहिरिनसकेको बताए ।

विशेष गरी कोशी, मधेश, गण्डकी र बागमती प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने सम्भावना रहेको बताउँदै उनले रातको समयमा अत्यावश्यकबाहेक यात्रा नगर्न सुझाव दिए ।

‘नेपालबाट मनसुन बाहिरिसकेको अवस्था छैन । मनसुनको अन्त्य–अन्त्य हुन खोजिरहेको छ । अझै पनि केही दिनलाई विशेष गरी कोशी प्रदेश, मधेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने सम्भावना छ । आजलाई खासै त्यस्तो छैन । बुधबार र बिहीबारलाई छ । एक दुई स्थानमा भारी वर्षा पनि हुने देखिएको छ । भारी वर्षा कोशी प्रदेश र बागमती प्रदेश बढी केन्द्रीत हुनसक्छ । त्यो लामो समयसम्म जाँदैन । एक दुई घण्टा हो,’– उनले भने ।

अन्य ठाउँमा खण्डित खालको वर्षा हुने बताउँदै मौसमविद् अर्यालले अब त्यतिधेरै आत्तिनुपर्ने अवस्था नरहेको बताए । विहानको समय बढी प्रयोग गर्न उनले सबैलाई सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस्