Logo

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणले देशको प्रतिष्ठा उँचो बनाएको एमालेको निष्कर्ष



काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै गरेको अमेरिका भ्रमणले नेपाल र नेपालीको प्रतिष्ठा उँचो बनाएको निष्कर्ष निकालेको छ ।

आज बसेको एमालेको सचिवालय बैठकले संयुक्त राष्ट्रसंघको ७९औं महासभामा ओलीले गरेको सम्बोधन निक्कै उपलब्धिपूर्ण भएको र महासभामा नेपाल यसपटक देखिने र सुनिनेगरी उपस्थित भएको निष्कर्ष निकालेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनले भने, ‘प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक रह्यो। औपचारिक र अनौपचारिक भेटले नेपालको अन्तर्राष्ट्रिय छविलाई उजागर गर्ने काम भएको छ। त्यसमा नेपालको प्रतिष्ठालाई वृद्धि गर्ने कुरामा भ्रमण उपलब्धिमूलक रहेको निष्कर्ष बैठकको छ ।’

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ४ गते अमेरिका प्रस्थान गरेका ओली हिजो स्वदेश फर्किएका छन् । ओलीले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुका साथै विभिन्न देशका सरकारप्रमुखसँग द्धिपक्षीय भेटवार्ता गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्