Logo

मीनबहादुर गुरुङ दम्पतीलाई प्रधानमन्त्री ओलीले दिए धन्यवाद



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङ दम्पतीलाई धन्यवाद दिएका छन् । बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ सहयोग उपलब्ध गराएपछि सहयोग बुझ्दै उनले गुरुङ दम्पत्तिलाई धन्यवाद दिएका हुन् ।

अमेरिका भ्रमणमा रहेका ओली सोमबार काठमाडौं उत्रिएका अ‍ोली ओली काठमाडौं उत्रिएलगत्तै भेटेर गुरुङले सो सहयोग रकम हस्तानान्तरण गरेका थिए । सहयोग बुझ्दै ओलीले भाटभटेनी गू्रप विपद्को बेला नागरिकको साहरा बनेको भन्दै प्रशंसा गरेका छन् ।

‘विदेशबाट फर्केलगत्तै व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेट भयो। उहाँहरुले बाढी पहिरो पीडितको राहतका लागि एक करोड, ११ लाख, ११ हजार एक सय ११ रुपैयाँको चेक दिनु भयो। उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिएको छ। मीनबहादुर गुरुङको परिवारलाई धन्यवाद ’ओलीले भनेका छन् ।

गुरुङले यसअघि डा. भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल निर्माणका लागि ४१ करोड रुपैयाँ बराबरको सहयोग गरेका छन् । उक्त अस्पताल अहिले निर्माणाधीन अवस्थामा छ ।

अघिल्लो वर्ष जाजरकोटमा गएको भूकम्पपछि उनीहरुको उद्धार र राहतका लागि गुरुङले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका थिए । त्यसबाहेक ८० लाख रुपैयाँबराबरको खाद्यान्न उक्त क्षेत्रमा पठाएका थिए ।

कोभिडका बेला पनि संघीय सरकारसहित सातै प्रदेशमा उनले सहयोग हस्तान्तरण गरेका थिए । त्यसअघि २०६८ सालमा त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका थिए । ११ करोड लागतमा इमर्जेन्सी भवन बनाइदिएका थिए भने ईएचएस भवन १५ करोड लागतमा तयार पारिदिएका हुन् । गुरुङले अहिलेसम्म १४ जनालाई एमबीबीएसको अध्ययन पनि गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्