Logo

बाढीले हिलाम्मे पारेको पार्टी कार्यालय अवलोकन गर्न च्यासल पुगे प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको अवलोकन गरेका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार सिंहदबारमा एमाले दलको संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर अवलोकन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अविरल वर्षा र बाढीका कारण सो दलको भुँइ तलमा पूर्णतः डुबान भएको छ भने परिसर हिलाम्मे भएको छ । बाढीका कारण उक्त तलमा रहेका उपकरण र महत्वपूर्ण सामग्रीमा क्षति भएको छ । दलको कार्यालयमा अहिले सरसफाइको क्रम सुरु गरेको छ ।



प्रतिक्रिया दिनुहोस्