Logo

प्रधानमन्त्री ओलीलाई एमाले पार्टी कार्यालय डुबेकोमा चिन्ता



काठमाडौं, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले च्यासल छेउमा रहेको पुलका कारण एमाले पार्टी कार्यालय डुबेको बताएका छन् । आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले त्यहाँ संरचनाका कारण पनि अप्ठ्यारो आएको बताए ।

‘कतिपय ठाउँमा हाम्रा संरचनाहरुको कारणले पनि अप्ठ्यारो भएको छ । च्यासलमा अघि एमाले पार्टी अफिसको कुरा गर्नुभयो, त्यसको छेउको पुल पानी नै बग्न नपाउने गरीको डिजाइन छ । त्यहाँ त पुलले पानी छेकेर समस्या बनाउँछ,’– उनले भने ।

अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भइरहेको अवस्थामा उनी अमेरिकाबाट फर्किएपछि सबैभन्दा पहिला पार्टी कार्यालय पुगेका थिए । यसअघि पनि पटक–पटक पानी छिर्ने गरेको एमाले पार्टी कार्यालय पनि तुलसीलाल स्मृति प्रतिष्ठानको भवन हो । File Photo/RN



प्रतिक्रिया दिनुहोस्