Logo

प्रधानमन्त्री ओलीको रविलक्षित अभिव्यक्तिः सहकारीको पैसा…लाई मासु पैँचो दिएझैं उफ्री-उफ्री खाए, कारबाही हुन्छ



काठमाडौं, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मानिसहरुले सहकारीको पैसा….लाई मासु पैँचो दिएझैं उफ्री–उफ्री खाएको टिप्पणी गरेका छन् । आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सर्वसाधरण जनताको यसरी खाएको पैसा कसरी फिर्ता ल्याउन सकिन्छ भनेर सरकारले काम गरिरहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलक्षित गर्दै उनले भने, ‘सहकारी पीडितहरुको कुरा सुन्नुपर्छ । उहाँहरुको डुबेको रकम फिर्ता हुनुपर्छ । तर, कहिले कहिले यस्तो भइदिन्छ, केलाई मासु पैँचो भनिन्छ नि ? कसले त्यतिबेला पैसा लियो, उफ्री–उफ्री, चम्कीचम्की खायो । खाइसकेको त गइसक्यो । अब त्यसलाई फिर्ता कसरी ल्याउने सम्बन्धमा अध्यायन भइरहेको छ ।’

प्रधानमन्त्री ओलीले सहकारी पीडितहरुको समस्या समाधान गर्ने सन्दर्भमा सरकार गम्भीर रहेको उनले बताए । यस समस्याको सही समाधान खोजिने उनले बताए । कानुनको पालना गरेर, कानुनको दायराभित्र रहेर काम गर्न सामाजिक सञ्जालमा बोलेझैं सजिलो नरहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्