Logo

जनता जीवन-मरणको दोसाँधमा हुँदा पनि सरकारले काम गर्न सकेनः चित्रबहादुर केसी (भिडिओसहित)



काठमाडौं, १६ असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विपद्को समयमा सरकारले गर्नुपर्ने काम गर्न नसकेको टिप्पणी गरेका छन् । विपद्को बेलामा सबै राजनीतिक दलहरु सत्तापक्ष र प्रतिपक्ष नभनी खोजी, उद्दार, पुनर्स्थापनालगायतका काममा लाग्नुपर्ने बताएका हुन् । उनले अहिले जनता जीवन र मरणको दोसाँधमा रहेको पनि बताए । गल्ती, कमिकमजोरी गरेको खण्डमा प्रतिपक्षले सरकारको विरोध गर्नुपर्ने भएपनि यस्तो अवस्थामा पक्ष विपक्ष नभनी काम गर्नुपर्ने बताए ।

साथै, देशमा यति ठूलो विपत्ति पर्दा प्रधानमन्त्री केपी शर्मा ओली भने अमेरिकाबाट फर्किन ढिला भएको उनले बताए । ‘सबै कुरा छोडेर अहिले नेपाली जनतालाई जुन विपद् परेको छ, सरकार, सत्तापक्ष, प्रतिपक्षले अहिले रमिता हेर्ने होईन । जनता जीवन मरणको दोसाँधमा छन् । बाटाघाटा विचल्ली छन् । नेपाली जनताको दुर्दशा छ । प्रतिपक्षले पनि विरोधका लागि विरोध होईन, यस्तो शंकटको बेलामा कमसेकम सरकारले गल्ती कमजोरी गर्दा विरोध गर्नुपर्छ । प्रतिपक्षमा छु, केही गर्न हुँदैन, विरोधमात्रै गर्नुपर्छ भन्ने होईन । सरकारले कमजोरी गरेको ठाउँमा यो–यो कमजोरी भयो यसरी सुधार गर्नुपर्छ भन्नुपर्छ । सबै राजनीतिक दलहरु विपद्को सामना गर्न लाग्नुपर्छ,’– उनले भने । File Photo



प्रतिक्रिया दिनुहोस्