Logo

अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा भाँडभैलो भएपछि बोल्ड निर्णय लिँदै प्रचण्ड, पदाधिकारी बैठक जारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजि निवास खुमलटारमा बैठक बसिरहेको छ ।

काठमाडौँ उपत्यकामा उपलब्ध पदाधिकारी बैठकमा सहभागी छन्। उमेरहद विवादका कारण अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलन लम्बिएपछि पार्टीले निकास दिने गरी आवश्यक निर्णय गर्न लागेको हो ।

असोज १० गतेदेखि १४ गतेसम्म २३ औँ राष्ट्रिय सम्मेलन राखिएको भए पनि प्रस्तावित मस्यौदा विधान अनुमोदन अघि उमेरहद लगाउने–नलगाउने विषयमा विवाद उत्पन्न भएपछि नेतृत्व छनोट प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

आजको बैठकमा प्रचण्डले क्रान्तिकारीको महाधिवेशन लम्ब्याउने कि स्थगीत गर्ने भन्नेबारे बोल्ड निर्णय लिनेछन् । उमेर हदबारे विवाद बढ्दै जाँदा सोमबार दुई पक्षबीच झडप हुँदा खुकुरीसमेत प्रहार भएको थियो । नेतृत्वका आकांक्षी दुई दर्जन हुँदा निर्वाचनबाटै नेतृत्व छनोट गर्नुपर्ने मत बलियो बन्दै गईरहेको छ । भने एउटा पक्ष अघिल्लो पटक जस्तै तत्काल सम्मेलन स्थगीत गराउनु पर्नेमा छ ।



प्रतिक्रिया दिनुहोस्