Logo

भावी प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत अनुमोदित (भिडियोसहित)



काठमाडौं, १६ असोज । भावी प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत अनुमोदित भएका छन् । संसदीय सुनुवाई समितिको आज बसेको बैठकले राउतलाई सर्वसम्मत अनुमोदन गरेको हो ।

गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । प्रधानन्यायाधीशमा सिफारिस भएका राउतको आज संसदीय सुनुवाइ सकिएसँगै उनको नाम सर्वसम्मतीले अनुमोदन गरिएको छ ।

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ आगामी असोज २० गते उमेर हदका कारण अवकाश जाँदैछन् ।



प्रतिक्रिया दिनुहोस्