Logo

मेटमणिविरुद्ध खनिए एकीकृत समाजवादीका सांसदहरु



काठमाडौं, १६ असोज । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले पार्टीका सांसदहरुको १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने पत्र संसद् सचिवालयलाई बुझाएका छन् ।

पार्टी उपमहासचिवसमेत रहेका चौधरीले संसदीय दलमा छलफल नै नगरी एकलौटी निर्णय गरेको भन्दै एकीकृत समाजवादीका सांसदहरुले भने असन्तुष्टि व्यक्त गरेका छन् । बाढी पहिरो प्रभावितको सहयोगार्थ उक्त सहयोग गरिन लागिएको हो ।

सांसदहरुले मेटमणिले आफूखुसी घोषणा गरेर संसद् सचिवालयलाई पत्र बुझाएको भन्दै आसन्तुष्टि व्यक्त गरेका छन् । पार्टी अध्यक्ष माधव कुमार नेपालसमेत बाहिर रहेको बेला मेटमणिले आफूखुसी निर्णय गरेको सांसदहरुको आरोप छ । छलफल र समझदारीमा आफूहरु एक महिनाकै पारिश्रमिक दिन पनि तयार रहेको सांसदहरुले बताएका छन् । तर, मेटमणिको मनपरी निर्णय आफूहरुलाई सह्य नहुने उनीहरुको चेतावनी छ ।

अहिले एकीकृत समाजवादीको राष्ट्रिय सभामा ८ र प्रतिनिधि सभामा १० गरी १८ जना सांसद् छन् ।



प्रतिक्रिया दिनुहोस्