Logo

झ्याप्ले खोलाको पहिरोमा परी मृत्यु भएका ३५ जनाकै परिचय खुल्यो (नामावलीसहित)



काठमाडौं, १७ असोज । अविरल वर्षाका कारण आएको पहिरोमा परी धादिङको झ्याप्लेखोलामा बस पुरिँदा मृत्यु भएका ३५ जनाको सनाखत भएको छ ।

प्रहरीका अनुसार सो पहिरोमा परेर मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । उनीहरू सवैको सनाखत भएको प्रहरीले जनाएको छ । सो पहिरोमा दुई वटा माइक्रो र एउटा बसमा सवार यात्रुलाई असोज ११ मा पहिरोले पुरेको हो ।

गोरखाबाट काठमाडौँ आउँदै गरेको ना-४ ख २२७० नम्बरको बसमा ४ जना सवार थिए । चितवनबाट काठमाडौँ आउँदै गरेको बा-२ ख १३४५ नम्बरको हायसमा १७ जना र लु-१ ज ४५७७ नम्बरको विङ्गरमा १४ जना सवार थिए ।



प्रतिक्रिया दिनुहोस्