Logo

बैंकले निक्षेपकर्तालाई ब्याज दिइराख्नु परेको छ, कर्जा लिन मान्छे आइराखेका छैनन्ः सीईओ ढुङ्गाना (भिडिओसहित)



काठमाडौं, १८ असोज । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले अहिले बैंकमा लिक्विडिटीको अभाव नहरेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बैंकहरुसँग प्रशस्त एक्सिस लिक्विडिटी रहेको बताएका छन् । यसले बैंकदेखि लिएर नेपाललाई नै घाटा रहेको बताए ।

‘१० प्रतिशतभन्दा तल सीडी रेसियो हुनु भनेको बैंकहरुलाई घाटा हो । निक्षेपकर्तालाई ब्याज दिइराख्नु परेको छ । कर्जा लिन मान्छे आइराखेका छैनन् भनेपछि हामीले ३ प्रतिशतमा नेपाल राष्ट्र बैंकका डिपोजिट राख्न परिराखेको छ । बैंकहरुलाई ओभरअल नाफा नोक्सानमा चाहीँ घाटा हो । यो अवस्था सधैं रहन हुँदैन । राष्ट्र बैंकका लागि पनि घाटा हो । राष्ट्रकै लागि घाटा हो । किनभने इकोनोमिक एक्टिभिटिजहरु चलायमान हुन कर्जाको डिमान्ड बढाउनुपर्छ । डिमाण्ड बढाउनेतर्फ सरकार, नेपाल राष्ट्र बैंक र बैंकहरु नै लाग्नुपर्छ,’– उनले भने ।

प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाले अहिले निजी क्षेत्रको कन्फिडेन्स लुज भएको कारण बैंकमा लिक्विडिटी बढेको बताए । यस्तो अवस्थामा आउनुमा झन्झटिला प्रक्रिया, अस्थिर राजनीतिलगायतका कुराहरु प्रधान रहेको पनि बताए ।

‘निजी क्षेत्रका कन्फिडेन्स नै लुज भइको छ । भोलिको अवस्थामा सरकारका नीति नियमहरु कतिखेर परिवर्तन हुने हो थाहा छैन । लगानीकर्ताले विगतमा झण्झटिला प्रक्रियाहरु अपनाए, राजनीतिक अस्थीरताले गर्दा सरकारहरु परिवर्तन भए । ठूला–ठूला लगानीकर्ताहरुलाई दुःख दिने काम भयो । यसले गर्दा अलिकति लगानीकर्ताहरु हच्किएको अवस्था छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्