Logo

योजना आयोगका उपाध्यक्षलाई डेंगी भएपछि धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता रोकियो



काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि लिइने अन्तर्वार्ता फेरि रोकिएको छ ।

आज बिहान ८ बजे मन्त्रालयमा अन्तर्वार्ता तथा प्रस्तुतीकरण गर्ने भनिए पनि अन्तर्वार्ता लिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारी नै अनुपस्थित भएपछि प्रक्रिया रोकिएको हो। डा अधिकारीलाई डेंगीभएपछि उनी अस्पताल भर्ना भएका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार अन्य सिफारिस समितिका अन्य दुई सदस्य उपस्थित भए पनि डा अधिकारी अनुपस्थित भएपछि अन्तर्वार्ता रोकिएको हो ।

३ सदस्यीय सिफारिस समितिले यसअघि अनुपस्थित तीन उम्मेदवारलाई अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि आजको समय तोकेको थियो। अध्यक्षका आकांक्षी धितोपत्र बोर्डकै कार्यकारी निर्देशक डा नवराज अधिकारी, नेपाल बिमा समितिका तत्कालीन अध्यक्ष चिरञ्जिवी चापागाईं र नेपाल स्टक एक्स्चेन्जका कृष्णबहादुर कार्कीलाई अन्तर्वार्ताका लागि बोलाइएको थियो।

यसअघि तीनपटकसम्म अन्तर्वार्तामा नआएका उनीहरूलाई फेरि नयाँ सिफारिस समिति गठन भएर आजका लागि अन्तर्वार्तामा बोलाइएको थियो। आज तीनै जना उपस्थित भएका थिए । अब दशैंपछि मात्र अन्तवार्ता हुने स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्