Logo

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक जारी, केही जिल्लालाई संकटग्रस्त घोषणा गरिँदै



काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बसिरहेको छ। सिंहदबारस्थित जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा बैठक बसिरहेको हो।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले पछिल्लो साता परेको पानी र त्यसले पुर्‍याएको क्षतिबारे समीक्षा गर्दै राजमार्गमा देखिएका समस्या समाधानका लागि छलफल गरिरहेको गृहमन्त्री रमेश लेखको सचिवालयले जनाएको छ।

बैठकमा नेपालीहरूको महान चाड दसैँ नजिकिएको बेला कसरी सर्वसाधरणलाई गाउँसम्म पुर्‍याउने भन्ने विकल्पका बारेमा पनि छलफल भइरहेको छ।

आजको बैठकले बाढीबाट प्रभावित काठमाडौं उपत्यका सहितका केही जिल्लालाई संकटग्रस्त घोषणा गर्ने स्रोतले जनाएको छ । कति जिल्लालाई संकटग्रस्त घोषणा गर्ने भन्नेबारे बैठकले टुंगाे लगाउने स्रोतले जानकारी दियो ।



प्रतिक्रिया दिनुहोस्