Logo

विपद्मा सरकारले जति तयारी गरेको थियो, त्यसले पुगेन, गर्दैनगरेको चाहीँ होईनः एमाले नेता फुँयाल (भिडियोसहित)



काठमाडौं, २० असोज । नेकपा (एमाले) का नेता रामेश्वर फुँयालले बाढी पहिरोसहितको विपत्तिमा सरकारको तयारीले नपुगेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारको पूर्वतयारीअनुसार कतै–कतै समयमा उद्दारको लागि पुग्न नसकिएको बताएका हुन् । तर, सरकारले प्रयास नै गरेन भन्ने भाष्य निर्माण गर्न नहुने उनले बताए । प्रधानमन्त्री नेपालमा नभएको बेला कार्यवहाक प्रधानमन्त्रीले विपद व्यवस्थापनमा प्रयास गरेको उनले सुनाए ।

‘यो विपद्मा सरकारले जति तयारी गरेको थियो, त्यो तयारीले पुगेन । तयारीअनुसार पनि कतै–कतै उद्दारमा पुग्न सकिएन । तर, सरकारले गर्दैनगरेको हो त ? हजारौं मानिसहरुलाई उद्दारको प्रयास भएको छ । राहतको काम तत्कालै सुरु भएको छ । एकद्वार प्रणालीबाट गर्ने हामीले कानुनी प्रवन्ध पनि गरेका छौं,’– नेता फुँयालले भने ।

अब लगभग उद्दारको काम सकिएको बताउँदै उनले जहाँ–जहाँ पुगेको छैन, त्यो ठाउँमा पुर्याएको उनले बताए । विपद्को समयमा राज्य त्यो ठाउँमा उपस्थित भएर काम गर्नुपर्ने उनले बताए । नेता फुँयालले अहिले ११ जिल्लामा सरकारले उद्दार, साहत र अस्थायी बसोबासको काम गरिरहेको बताए । ‘भोक लागेको मान्छेलाई कुरा गरेर पुग्दैन । खानेकुरा नै लिएर जानुपर्यो, पाल लिएर जानुपर्यो । राहत, अस्थायी आवास, पुनर्निर्माण, पुनर्वासको व्यवस्था, पुनर्स्थापनाको व्यवस्थामा सरकार केन्द्रीत हुनुपर्छ । उद्दारमा कतै–कतै कमी भएको कुरालाई सरकारले स्वीकार गरेको छ । अब हामी मिलेर साझा ढंगले जानेबाहेक विकल्प छैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्