Logo

दलित संघका पदाधिकारीलाई भेटेर शेखरले भने- समयमै महाधिवेशन गर्नेगरि तयारी गुर्नहोला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाल दलित संघ केन्द्रीय कार्यसमितिका अध्यक्ष एवं सदस्यहरुलाई बधाई दिएका छन् ।

नेता कोइरालाले आइतबार बिहान उनको सम्पर्क कार्यालय बालुवाटारमा बोलाएर मनोनित भएकाहरूलाई बधाइ शुभकामना दिएको कोइरालाको सचिवालयले जनाएका छ । उनीहरुलाई बधाई दिन केन्द्रीय सदस्य गोविन्दराज पोख्रेल, संघीय सांसद राजेन्द्र बजगाँई, रसुवाका पुर्व सभापति बालचन्द्र पौडेल, सिन्धुपाल्चोकका पुर्व सभापति भुपेन्द्र थापा, दलित संघ केन्द्रीय अध्यक्ष लोकबहादुर विक उपस्थित भएको कोइरालाको सचिवालयले जनाएको छ ।

सो क्रममा नेता कोइरालाले गुट उपगुटको राजनीतिमा नलागी तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएका छन्। ‘सबै मिलेर दलित संगठन बलियो बनाउन तथा समुदायका मानिसहरूलाई सक्रिय बनाउँदै बढी क्रियाशील सदस्य बनाउननु होला र समयमै महाधिवेशन सम्पन्न गर्नुहोस्’ कोइरालाले भने ।



प्रतिक्रिया दिनुहोस्