Logo

नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ



काठमाडौं, असोज २० । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको लिएका हुन् ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, उपसभामुख, मन्त्रीहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

अघिल्ला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकाश भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन्। संवैधानिक परिषदले ३१ भदौमा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिले १६ असोजमा राउतको नाम अनुमोदन गरेको थियो।

यो पनि प्रकाशमानसिंह राउत: कांग्रेस महासमिति सदस्यदेखि न्यायालयको नेतृत्वसम्म, यस्तो छ उनको विगत

विश्वम्भरप्रसाद श्रेष्ठ आज सर्वोच्चबाट बिदा हुँदै, नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ लिँदै





प्रतिक्रिया दिनुहोस्