काठमाडौं । मंसिरमा हुने नेपाल प्रिमियर लिगको लागि खेलाडीको अक्सन सुरु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच खेलाडीको बोलकवल सुरु भएको हो ।
एनपीएलको लागि छनोटमा पर्नेमा बागमती प्रदेशका रिजन ढकाल पहिलो खेलाडी बनेका छन् । ढकाललाई चितवन राइनोजले १० लाखमा खरिद गरेको हो । उनी हाल नेपालको राष्ट्रिय टीममा समेत छन् ।