Logo

१५ लाख हालेर काठमाण्डु गुर्खाजले किन्यो साहब आलमलाई



काठमाडौं । क्रिकेटर साहब आलम नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमाण्डु गुर्खाजमा आवद्ध भएका छन् ।

आज भएको खेलाडी छनोटमा साहब काठमाडुमा आवद्ध भएका हुन् । उनलाई काठमाण्डु गुर्खाजले १५ लाखमा किनेको छ ।

उनलाई १५ लाखमा किन्न काठमाडुसँगै पोखराले पनि चाहेकोथियो । गोलाप्रथामा काठमाडुले बाजी मारेको हो ।साहब अलराण्डर हुन् । उनले पनि पीएम कपमा विभागीय टिम आर्मीबाट उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उनले नेपालबाट ६ टी-२० आई खेल खेलेका छन् । त्रिभुवन आर्मी क्लबबाट घरेलु क्रिकेट खेल्दै लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् ।

उनले नेपाल ए बाट पछिल्लो पटक आयरल्यान्डविरुद्ध खेलेका थिए । केन्या भ्रमण २०२२ पछि भने उनी नेपालको सिनियर टोलीमा छैनन् ।



प्रतिक्रिया दिनुहोस्