Logo

एनपीएल अक्सन: १५ लाखमा सागर पोखरा र विवेक लुम्बिनीमा आवद्ध



काठमाडौं । नेपाल प्रिमियर लिगका लागि नेपालका बायाँ हाते स्पिनर सागर ढकाल १५ लाख रुपैयाँमा पोखरा एभेन्जर्समा पुगेका छन् ।

ग्रेड ए मा रहेका उनलाई किन्न अक्सनमा चितवन, सुदूरपश्चिम, पोखरा र कर्णाली प्रतिस्पर्धा भएको थियो ।

लक्की ड मा पोखराले पाएको हो । नेपालबाट टी२० विश्वकप २०२४ खेलेका उनले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् ।

त्यस्तै अर्का अलराण्डर विवेक यादव भने लुम्बिनी पुगेका छन् । १० लाख मूल्य राखेका उनलाई लिन काठमाडौं, सुदूरपश्चिम, चितवन, पोखरा र लुम्बिनीबीच प्रतिस्पर्धा भएको थियो । लक्की ड्रमा भने काठमाडौंले नाम फिर्ता लिएको थियो भने लुम्बिनीले पायो ।



प्रतिक्रिया दिनुहोस्