Logo

प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रको ज्ञापनपत्रः खोज, उद्धार र राहतलाई व्यवस्थित गर्न आग्रह



काठमाडौं, २० असोज । नेकपा (माओावादी केन्द्र) ले बाढी, पहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र राहतका कामलाई व्यवस्थित गर्न आग्रह गरेको छ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको टोलीले आज (आइतबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बाढी पहिरोपछिको उद्दार, खोजी, पुनर्स्थापना र राहतलगायतका विषयमा ध्यानाकार्षण गराएको हो ।

तत्काल गरिनुपर्ने कार्य र नीतिगत सुधारका लागि गरिनुपर्ने कार्यको सूची समेत प्रधानमन्त्री ओलीलाई बुझाएको छ । तत्काल गर्नुपर्ने कामहरुमा वेपत्ताहरुको खोजी, उद्धार र घाइतेहरूको निशुल्क तथा प्रभावकारी उपचारमा जोड दिन माओवादी केन्द्रले माग गरेको छ ।

त्यस्तै, राहत वितरणको झन्झटिलो प्रक्रियालाई छोट्याएर स्थानीय तहसँग समन्वय गरी पीडित जनताहरूलाई दसैँ अघि नै राहत दिन, चिसोबाट कठ्याङग्रिएर जनताको जिउधनको थप क्षति हुनबाट जोगाउन मंसिरभित्र अस्थायी आवासको व्यवस्था गर्न, बाढीग्रस्त क्षेत्रहरुमा स्वास्थ्य चेक जाँच, खानाबस्नको उचित प्रबन्ध मिलाउन माओवादी केन्द्रले माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस्