Logo

प्रचण्ड नेतृत्वको सरकारले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वयलाई जोगाएको एमाले उपमहासचिव ज्ञवालीको आरोप



काठमाडौं, २१ असोज । नेकपा (एमाले) का उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वयलाई मुद्दा नचलाउन आदेश दिएको आरोप लगाएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् ।

साथै, तत्कालीन प्रचण्ड सरकारले सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई जोगाएको पनि उनले आरोप लगाए । वर्तमान सरकारले राज्यका सबै अंगलाई स्वतन्त्र ढंगले काम गर्न दिने उनको भनाइ छ ।

‘ललिता निवासमा बाबुराम भट्टराई र माधव नेपाललाई मुद्दा नचलाउनु भनेर आदेश दिने को ? सुन काण्डमा कृष्णबहादुर महरालाई बयान नलिइ अरुलाई हाल्नु भनेको को ? ठूला कुरा गरेर हुन्छ ? हामी यस्ता विषयमा जाँदैनौं, राज्यका निकायहरुले स्वतन्त्र ढंगले काम गरुन्,’– नेता ज्ञवालीले भने ।



प्रतिक्रिया दिनुहोस्