Logo

मन्त्री यादव एक्सनमाः काठमाडौंवासीलाई पानी खुवाउन मेलम्चीवासीको घर-घरमा पुगेर अनुरोध गर्ने



काठमाडौं, २१ असोज । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौंवासीलाई पानी खुवाउन मेलम्चीवासीको घर–घरमा पुगेर अवरोध हटाउन अनुरोध गर्ने भएका छन् । मेलम्चीका स्थानीयहरूको चार वटा मागसहित काठमाडौंमा खानेपानी पठाउन अवरोध गरिरहेका छन् । उक्त अवरोधलाई सरकारले वार्ताको माध्यमबाट समाधान गर्ने उनको भनाइ छ ।

दक्षिणकालीका जनतालाई आफूले घरमा नै पुगेर बिन्ती बिसाएपछि खानेपानी सहज रूपमा नख्खु क्षेत्रमा ल्याएकोसमेत उनले सुनाए । मेलम्चीवासीको मागको सन्दर्भमा पनि सहमति दुवै पक्ष सहमति नजिक पुगेको उनले बताए । मेलम्चीका स्थानीयहरुले विपद्को बेलामा साथ दिने मन्त्री यादवले विश्वास व्यक्त गरे ।

स्थानीयवासीहरुले बाढी पहिरोको क्षति,स्थानीय गाउँपालिकाको भवन बनाउनु पर्ने, सिएमसी ठेकदारले स्थानीय व्यापारीको पैसा भागेकाले पैसा दिनुपर्ने र सडक बनाउनुपर्ने माग राखेका छन् ।

‘काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याउने विषयमा हामी गम्भीर छौं । वर्षाको समयमा रोक्ने गरिन्छ । ४ महिना बन्द गरेर बाँकी ८ महिना खुला हुन्छ । विगतमा हेलचेक्राँई भएको थियो । यो वर्ष त्यस्तो हुँदैन,’– मन्त्री यादवले भने, ‘…वार्ताबाट सहज रूपमा पानी खोल्ने विषयमा सहमति भयो भने भयो । नभए मेलम्चीका स्थानीयहरूको घरमा नै जान्छु ।’

साथै, काठमाडौं उपत्यकावासीलाई दसैंअघि मेलम्चीको पानी खुवाउने तयारी भइरहेको उनले बताए । मौसम विभागसँगको सल्लाहमा मेलम्चीको खानी खोल्ने तयारी रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्