Logo

उपरथीमा बढुवा भएका पाठकलाई दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं । नेपाली सेनाको उपरथीमा सहायक रथी हरेन्द्र पाठकलाई बढुवा गरिएको छ। असोज १८ गतेको मन्त्री परिषद बैठकको निर्णय अनुसार बढुवा भएका पाठकलाई सोमबार सैनिक मुख्यालय भद्रकालीमा प्रधानसेनापति अशोकराज सिग्देलले दज्र्यानी चिन्ह प्रदान गरेका हुन्।

पदोन्नतिसँगै उपरथी पाठक नेपाली सैनिक वार कलेजको शिक्षाधिकृतमा नियुक्त गरिएको छ। यस्तै दुई जना महासेनानी सहायक रथीमा र ५ जना प्रमुख सेनानी महासेनानीमा बढुवा भएका छन्।महासेनानी मनि कुमार श्रेष्ठ र विष्णुबहादुर कार्कीलाई सहायक रथीमा बढुवा गरिएको हो।

यस्तै प्राविधिक प्रमुख सेनानी डा.निरव कायस्थ, प्रमुख सेनानी प्रशान्त बज्राचार्य, रित बहादुर रानाभाट, सरोज राना र सुसिल महतलाई महासेनानीमा बढुवा गरिएको छ।

उनीहरूलाई पनि सोमबार नै दज्र्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस्