Logo

भोजपुर जाँदै गरेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना, घटनास्थलमै दुई जनाको मृत्यु



काठमाडौं । काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना हुँदा दुईजनाको निधन भएको छ।

प्रहरीका अनुसार, बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। सोमबार दिउँसो करिब पौने ३ बजेतिर बस दुर्घटनामा परेको थियो।

बसमा लगभग २५ जना सवार रहेको प्रहरीले जनाएको छ। घाइते भएकाहरूलाई जिल्ला अस्पताल, कपिलाकोट र स्थानीय अस्पतालमा पु¥याइएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।



प्रतिक्रिया दिनुहोस्