Logo

काठमाडौंलाई हर्क साम्पाङको बिन्तीपत्र: सेवा ढोग गरे, लौन सरकार खत्रा लाग्नुपर्‍यो !



काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले फोहोरमैला व्यवस्थापन गर्ने व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणका लागि पुग्दो बजेट माग गर्दै सिंहदरबारस्थित खानेपानी मन्त्रालयलाई पत्र लेखेका छन् ।

सोमबार साम्पपाङले सिंहदरबारलाई पत्र लेख्दै भनेका छन् ‘धरानको फोहोरमैला व्यवस्थापनका लागि व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट बनाउन अत्यावश्यक भएकोले योजनाको लागि पुग्दो पैसा हाल्दिनु पर्‍यो ।’ उनले फोहोर जंगलमा फाल्दा व्यवस्थित भएन भनेर फोटो खिच्ने र राजनीति गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको सरकारलाई ध्यानाकर्षणसमेत गरेका छन् ।

‘वर्षेनी सुख्खा याममा फोहोरमा आगो लागेर डढेलो लागेर विजोग हुन्छ । तार घेरा लाउन लाको वनका मान्छेहरु आएर डोजरले भत्काइदिए। यो विषयमा पत्र पठाको पनि धेरै भयो । अध्ययन गर्ने भन्छन् । कति लामो अध्ययन हो ? कति बर्षे कोर्ष हो ?जनतालाई देशलाई सेवा सुविधा तत्काल चाहिएको छ’ उनले भनेका छन् ‘जनतालाई देशलाई सेवा, सुविधा तत्काल चाहिएको छ । हाम्रो सरकार र कानुनलाई प्रक्रिया माथि प्रक्रिया अध्ययनै अध्ययन मात्रै चाहिएको छ ।’

साथै उनले ‘लौन सरकार खत्रा लाग्नुपर्‍यो । सेवा ढोग गरेँ फेरि पनि’ भन्दै पत्र टुंग्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्