Logo

दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष गुरुङको निधन



काठमाडौं । लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपिमाया गुरुङको निधन भएको छ । पाठेघरको क्यान्सरबाट पीडित गुरुङको ५८ वर्षको उमेरमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि गुरुङलाई उपचारका लागि चितवन लैजाँदै गर्दा मंगलबार बिहानी पख बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

गुरुङ कांग्रेस गण्डकी प्रदेश समिति सदस्य तथा महासमिति सदस्य हुन् । उनी २०७४ मा सम्पन्न स्थानीय तहको चुनावमा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्