Logo

दीपालाई डेंगु भएपछि माग्ने बुढाको स्टाटस्: ढल्ने छुट छैन, छिट्टै उठ्नुस् !



काठमाडौं । असोज २४ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र छक्कापञ्जा-५ की निर्देशक दीपाश्री निरौलालाईं डेंगी संक्रमण भएको छ । केही दिनअघि स्वास्थ्य जाँचको क्रममा दीपालाई डेंगीपुष्टि भएको हो ।

दीपालाई डेंगी भएपछि फिल्मका अर्का कलाकार केदार घिमिरे उर्फ माग्ने बुढाले छिट्टै निको होस् भन्दै सुभेच्छा राखेका छन् । घिमिरेले लेखेका छन्,‘शीघ्र स्वास्थ्य लाभको कामना दिदी । ढल्ने छुट छैन, छिट्टै उठ्नुस् ।’

२४ असोजमा प्रदर्शन हुने छक्कापञ्जासँग १२ गाउँ र ज्वाईंसाब पनि प्रदर्शनमा आउँदैछ । १२ गाउँ एक्सन स्टार विराज भट्ट र उनका छोरा समिर भट्टको फिल्म हो भने ज्वाईंसाब छक्कापञ्जा टिमकै पूर्व सदस्य जितु नेपाल र पूर्व मिस नेपाल नीति शाहको मुख्य भूमिका रहेको फिल्म हो ।



प्रतिक्रिया दिनुहोस्