Logo

रामेश्वर खनालको नेतृत्वमा गठित आर्थिक सुधार सुझाव आयोगका यी हुन् सदस्य



काठमाडौं । सरकारले नीजि क्षेत्रको माग बमोजिम आर्थिक क्षेत्र सुधारको लागि राय दिनका लागि आयोग गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व अर्थसचिव रामेश्वर खनालको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो ।

आयोगलाई एक महिनाको समयमाअवधि दिईएको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा। प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा।डा। रामप्रसाद ज्ञवाली, अर्थविद् डा। विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा। कल्पना खनाल छन् ।



प्रतिक्रिया दिनुहोस्