Logo

पूर्वराजा ज्ञानेन्द्र भुटान जाँदैमा नेपालमा राजतन्त्र फर्किँदैन: प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल नयाँ शीतयुद्धको ‘इपिसेन्टर’ बन्ने खतरा रहेको बताएका छन् ।

बुधबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले दक्षिण एसियामा नै विगत केही समयदेखि ठुलो राजनीतिक अस्थिरताको भुमरीमा जस्तो सरकार बन्ने र भत्किने क्रम जस्तो किसिमले देखा परेको उल्लेख गरेका हुन । प्रचण्डले श्रीलंका र बंगलादेशको उदाहरण दिँदै नेपालले पनि सचेततना अपनाउनुपर्ने बताए ।

हालैको पूर्व राजा ज्ञानेन्द्र शाहको भुटान भ्रमणबारेको प्रशंगमा प्रचण्डले ज्ञानेन्द्र भुटना जाँदैमा नेपालमा राजतन्त्र नफर्किने दाबी गरे । उनले भने, ‘मलाई कहीँ कतै फेरि राजा आउने चाहिँ लाग्दैन सम्भव छैन । कतैबाट हेर्दा पनि त्यो सम्भव छैन ।’

प्रचण्डले इतिहासको विकासको दृष्टिकोण, पूर्वराज र उनको परिवारको कारणले पनि राजतन्त्र फर्किहाल्ने अवस्था नभएको बताए ।

उनले भने, ‘इतिहासको विकासको दृष्टिकोणलेले पनि हामी राजतन्त्रबाट गणतन्त्रमा गइसकेका छौँ । गणतन्त्रमा गइसकेका जनता सजिलै फेरि राजतन्त्रतिर फर्किने भन्ने अपवाद बाहेक हुँदैन । राजा र उनको परिवारको कारण ले पनि सम्भव छैन ।’



प्रतिक्रिया दिनुहोस्