Logo

कांग्रेस लुम्बिनी संसदीय दलको प्रमुख सचेतकको जिम्मा जमुना ढकाललाई



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस लुम्बिनी संसदीय दलको प्रमुख सचेतकमा जमुना ढकाल नियुक्त भएकी छन् ।

यसअघि प्रमुख सचेतक रहेका जन्मजय तिमिल्सिनाले दिएको राजीनामा दलका नेता डिल्लीबहादुर चौधरीले मंगलबार स्वीकृत गरेका थिए ।

बुधबार नेता चौधरीले रूपन्देहीबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने जमुना ढकाललाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । यसअघि सचेतक रहेकी निमा गिरीले पनि राजीनामा दिएकी थिईन् । यद्यपि उनको राजीनामा स्वीकृत र अन्यलाई जिम्मेवारी भने दिईएको छैन् ।



प्रतिक्रिया दिनुहोस्