Logo

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस दोलखामा दुर्घटना, १५ जना घाइते



काठमाडौं । दोलखामा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस दोलखाको भीमेश्वर नगरपालिकाको बोचमा दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् ।

प्रदेश ३–०१–००६ ख ०६३६ नम्बरको बस अनियन्त्रित भएर सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्धार गरेर चरिकोट ल्याइएको छ । घाइतेको चरिकोटस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

यसअघि सोमबार साँझ काठमाडौंबाट सिन्धुली जाँदै गरेको बस रामेछापमा दुर्घटना हुँदा एक जनाले ज्यान गुमाएका थिए । रामेछापको खाँडादेवी गाउँपालिकाको भीरपानीमा बस दुर्घटना हुँदा एक किशोरी ज्यान गुमाएको रामेछाप प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्