Logo

भारतद्वारा बाढी र पहिरोबाट प्रभावित परिवारका लागि दोस्रो खेपको राहत सामग्री हस्तान्तरण



काठमाडौं । नेपालमा विनाशकारी बाढी र पहिरोबाट प्रभावित परिवारका लागि भारत सरकारको सहयोगलाई निरन्तरता दिने क्रममा भारत सरकारले नेपाललाई दोस्रो खेपको राहत साम्रागी उपलब्ध गराएको छ ।

भारतको तर्फबाट द्वितीय सचिव नारायण सिंहले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी श्री दत्तराज हमाललाई राहत सामाग्रीको दोस्रो खेप हस्तान्तरण गरेका हुन्।

भारतले नेपाललाई उपलब्ध गराएको राहत सामाग्रीमा अत्यावश्यक सरसफाई सामाग्री, औषधी, झुल, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट, खाद्यवस्तु, गम बुट, इन्फ्लेटेबल रबर बोट र मोटर सहितको २१।५ टनको उक्त मानवीय सहायताको खेप भारतबाट आज नेपालगन्ज ल्याई पुर्‍याइएको हो । राहत सामाग्रीको थप खेप आगामी दिनमा आउने अपेक्षा गरिएको छ

हालै आएको बाढी र पहिरोले निम्त्याएको विनाशपछि नेपाल सरकारलाई साथ एवम् सबै खाले सहयोग प्रदान गर्न भारत सरकार तत्पर रहेको पनि नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्