Logo

पुण्य गौतमलाई रड प्रहार गरेको आरोपमा दुई जना पक्राउ



काठमाडौं, २४ असोज । नेकपा (एमाले) का नेता पुण्यराज गौतममाथि रड प्रहार गरी फरार रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले काभ्रेपलान्चोक तेमाल घर भई भक्तपुर च्यामासिहं बस्ने बर्ष ३० को टासी लामा भन्ने संजिव तामाङ र रसुवा नवकुण्ड–५ घर भई काठमाडौं, गोकर्णेश्‍वर– ४ बस्ने बर्ष ४१ को मिलन भन्ने दिल बहादुर गङदानलाई पक्राउ गरेको हो ।

गत असोज २१ गते राति काठमाडौंको गोकर्णेश्वर–८ बेशीगाँउस्थित सडक खण्डमा पुण्य गौतममाथि अपरिचित व्यक्तिहरुले रड प्रहार गरी घाईते बनाएका थिए । उनको अहिले नेपाल मेडिकल कलेज शिक्षण अस्पताल, अत्तरखेलमा उपचार भई रहेको छ ।

गङदान विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सञ्चालन गरेको नागरिक बचाउ महाअभियानअन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक रहेको बताइएको छ । उनी गौतममाथि प्रहार गर्ने घटनाको मुख्य योजनाकार रहेको खुलेको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्