Logo

नवरात्रीको महत्व के ? यसो भन्छन् पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक ढुङ्गेल (भिडिओसहित)



काठमाडौं, २५ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले दशैं पर्व शक्ति आर्जनका लागि महत्वपूर्ण रहेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले शक्ति आर्जनको निमित्त घटस्थापनाको निमित्त दशैं पर्व सुरु हुने बताए ।

‘हाम्रो सनातन धर्मभित्र प्रत्येक दिनजसो साना ठूला चाडपर्वहरु परेका हुन्छन् । जसमध्ये पनि शरद ऋतुमा पर्ने आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्मको ९ रातलाई शारदीय नवरात्र भनिन्छ । यो शक्ति आर्जनको लागि, दशैै पर्व शक्ति आर्जन गर्नका लागि प्रकृतिका जो शक्तिहरु छन्, तिनीहरुको गुणको आधारबाट, नामको आधारबाट, कामको आधारबाट फरक– फरक नामले पुकारिन्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्