Logo

यस्तो छ नेपाल प्रहरीको दशैंलक्षित सुरक्षा व्यवस्था (भिडिओसहित)



काठमाडौं, २५ असोज । नेपाल प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले चावबाडलक्षित शान्ति सुरक्षाको व्यवस्था प्रभावकारी रहेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले केही ठाउँहरुमा सडक दुर्घटनाहरु भएको र अन्य चोरी, लुटपाटलगायतका चाडपर्वमा हुने गरेका घटना अहिलेसम्म नभएको बताए ।

काठमाडौं उपत्यकासहित देशैंभर दशैंलक्षित सुरक्षाका लागि प्रहरीहरु तैनाथ रहेको उनले बताए । बस छुट्ने ठाउँमा चालकको मापसे चेकजाँच गर्ने, लापसे चेकजाँच गर्ने, सवारी साधन चलाउँदा यात्रुले ध्यान दिनुपर्ने कुराहरुको जानकारीलगायतका कुरा प्रहरीले गरिरहेको पनि उनले बताए ।

‘दशैंको बेलामा मुख्यरुपमा राजमार्गको सुरक्षा हो । त्यसमा बढिभन्दा बढी ध्यान दिएका छौं । त्यसपछि भीडभाड हुने, मेला लाग्ने ठाउँको सुरक्षाको कुरा हो । त्यसमा हामीले उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । जथाभावी चिठ्ठा बेच्ने, चन्दा संकलन गर्ने कुराहरुलाई रोकिएको छ । बढी भाडा असुल्नेहरुलाई कारबाही गरिएको छ । चोरीचकारी हुनसक्ने सहरका विभिन्न ठाउँमा सुरक्षाका काम गरेका छौं । सवारी साधन ठाउँ–ठाउँमा चेकजाँच गरिएको छ । मापसे, लापसे चेकजाँच गरिएको छ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्