Logo

ज्योतिषी रिजालको भविष्यवाणीः कांग्रेस-एमाले सरकारको धरातल कमजोर, देउवाले चाहेकै दिन प्रधानमन्त्री बन्ने योग (भिडिओसहित)



काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको ज्योतिषीको रुपमा चिनिएका सुरेशचन्द्र रिजालले वर्तमान सरकार तत्कालै परिवर्तन हुने योग नरहेको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आगामी मंसिरसम्म राजनीतिक घटनाक्रम परिवर्तन हुने सम्भावना नरहेको बताएका हुन् ।

‘राजनीतिक घटनाक्रम परिवर्तन हुने सम्भावना अहिले तत्कालै देखिएको छैन, मंसिरसम्म । त्यसकारणले अहिले राजनीतिक कुरामा त्यस्ताखाले अप्ठ्यारो, अप्रिय कुनै नकारात्मक योगहरु बनेका छैनन् । त्यसकारणले गर्दा पनि अहिलेको समीकरण जुन हिसाबले चलेको छ, त्यो त्यसरी नै अगाडि बढ्छ । मंसिरभन्दा पछाडि नयाँ पञ्चाङ्ग निस्किन्छ । त्यसपछिमात्रै हामी यस विषयमा बहस गर्न सक्छौं । तर, अहिले मंसिरसम्म सरकार परिवर्तनका कुनै घटनाहरु देखिएका छैनन्,’– उने भने ।

साथै, सभापति देउवाले चाहेकै दिन प्रधानमन्त्री बन्नसक्ने योग रहेको पनि उनले बताए । तर, देशमा राजनीतिक स्थिरताका लागि देउवाले केही समय पर्खिनु नै उत्तम हुने उनको सुझाव छ ।



प्रतिक्रिया दिनुहोस्