Logo

कर्णालीवासीले समग्रमा राम्रोसँग दशैं मनाए, खाद्यन्नको अभाव छैनः मुख्यमन्त्री कँडेल (भिडिओसहित)



काठमाडौं, २६ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समग्रमा प्रदेशवासीले राम्रोसँग देशैं मनाउन पाएको बताएका छन् । आज(शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यसपटक कर्णालीमा दशैंको समयमा आपूर्तिको समस्या नरहेको बताए । छिटफुट रुपमा सडक दुर्घटना भने भएको उनले सुनाए ।

‘कर्णालीमा खाद्यन्न अभावको रुपमा, समस्याको रुपमा रहिआएको अवस्था छैन । तर, भदौमा आएको बाढी पहिरोले कर्णाली राजमार्ग क्षतविच्छेद बनाएको अवस्था छ । यद्यपि, यातायात सुचारु छ । केही सडकहरु जिर्ण अवस्थामा रहेका, त्यसमा चल्ने यातायातका साधनहरु पनि जिर्ण अवस्थामा रहने, साधनहरु थोरै हुने, यात्रुहरु धेरै भएको हुनाले छिटफुट रुपमा सडक दुर्घटनाहरु त भइरहेको छन् । तर, व्यक्तिगत रुपमा समस्या होला । तर, सामाजिक रुपमा र आपुर्तिको समस्या छैन,’– उनले भने ।

साथै, मुख्यमन्त्री कँडेलले कर्णालीको सडक सुधारका लागि स्थानीय तहदेखि संघ र प्रदेशले पनि ध्यान दिइरहेको बताए । आफूले कर्णाली प्रदेशमा थिति, विधि बसाल्ने कुरालाई नै प्रमुख समस्याको रुपमा सुरुदेखि अहिलेसम्म लिँदैआएको बताए ।



प्रतिक्रिया दिनुहोस्