Logo

माओवादी नेता सापकोटाको प्रश्नः एमाले नेतृत्वलाई जग्गा देख्नै नहुने रोग लागेको हो ?



काठमाडौं, २६ असोज । नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ्ग कम्युनिष्ट लिगका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशीखा’ ले एमाले नेतृत्वलाई जग्गा देख्नै नहुने रोग लागेको टिप्पणी गरेका छन् । एमाले केन्द्रीय कार्यालय बनाउन व्यवसायी मिनबहादुर गुरुङले जग्गा दिएको प्रसंग उल्लेख गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘बालुवाटारको जग्गा प्रकरणका अभियोगी भाटभटेनीका मिन ब. गुरूङ जसले सतारूढ दल नेकपा एमालेलाई १२ रोपनि जग्गा दान दिएछन् । अरू त भन्नु केही छैन– हिजो भाटभटेनिलाई प्रचण्ड र माओवादीसँग जोड्ने साथीहरू एमालेकै हुन् । प्रचण्ड प्रधानमन्त्र् िहँुदा गुरूङ प्रहरी हिरासतको चिसो छिँडिमा पुग्दा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले ज्यान फालेर गुरूङको प्रतिरक्षा गरेका थिए । अहिले अरबौ रकम मुल्य बराबरको जग्गा पाएछन् । ललिता निवास, गिरीबन्धु, गोकर्ण रिसोर्ट, दरबारमार्गको दरबार मल । होईन एमाले नेतृत्वलाई जग्गा देख्नै नहुने रोग लागेको हो र ?’ उनले प्रश्न गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्