Logo

सहकारी ठगीमा कमजोरलाई जेल र बलियोलाई उन्मुक्ति दिन खोजियोः कांग्रेस नेता साउद (भिडियोसहित)



काठमाडौं, २७ असोज । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउदले सहकारी ठगी प्रकरणमा कमजोरलाई जेलमा र बलियालाई उन्मुक्ति दिन खोजिएको जस्तो देखिएको टिप्पणी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एकै प्रकृतिको अपराधमा कसैलाई जेल र कोही मान्छे घुमिरहेको देख्दा आफूलाई आश्चर्य लागिरहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलक्षित गर्दै उनले भने, ‘एकै फाइल छ, एकै केस छ, कोही मान्छे जेलमा छन्, कोही मान्छे घुमिराखेका छन् । यो कसरी भइराखेको छ ? सबैलाई आश्चर्यमा पारेको छ । म पनि आश्चर्य चकित छु । संसद्ले स्वामित्व लिएर, सबै दलको प्रतिनिधित्वमा छानविन गरेर बनेको प्रतिवेदन कार्यान्वयन हुनुपर्छ । यदि कोही मान्छे निर्दोष छ भने त्यसलाई कसैका विरुद्ध हतियारको रुपमा प्रयोग गर्नुहुँदैन । कोही दोषी छ भने कमजोरहरुलाई समातेर जेल राख्ने र बलियाहरुलाई उन्मुक्ति दिने काम गर्न हुँदैन ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्