Logo

सुख्खा पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध, यात्रुहरु समस्यामा



काठमाडौं, २७ असोज । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ मा गएराति खसेको सुख्खा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा सयौं सवारी साधनहरु सडकमै लाइन लागेका छन् । दशैंका क्रममा ओहोरदोहोर गर्ने यात्रुहरु अलपत्र परेका छन् । अवरोध हटाउने कार्य भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्