Logo

देश विकास र सुशासनको पक्षमा वर्तमान सरकारले गतिशील रुपमा काम गरिरहेको छः मन्त्री शाही (भिडिओसहित)



काठमाडौं, २८ असोज । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वर्तमान सरकारले देश विकास र सुशासनको पक्षमा काम गरिरहेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देशको समग्र परिस्थितिलाई अगाडि बढाउन सरसकारले गतिशील रुपमा काम गरिरहेको बताएका हुन् ।

‘देशको विकास, सुशासन र देशको समग्र परिस्थितिलाई अगाडि बढाउनका लागि सरकारले गतिशील रुपमा काम गरिरहेको कुरा सबैलाई थाहा छ । अहिलेको सरकार जनतामै केन्द्रीत भएर काम गरिरहेको छ,’– उनले भने ।

साथै, बाढी, पहिरोपछिको राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम वर्तमान सरकारले तीब्रताका साथ अगाडि बढाइरहेको उनको दाबी छ । वर्तमान सरकारले कर्णाली प्रदेशमा रहेका विभिन्न समस्या समाधानको लागि पनि विशेष काम गरिरहेको उनले बताए । कर्णालीको सडक, हवाइ सेवा, स्वास्थ्य, शिक्षालगायतका विषयमा काम भइरहेको उनले बताए ।

कर्णालीका प्रत्येक टोल–टोलमा विद्यालयहरु रहेपनि भौतिक पूर्वाधारको कमी रहेको, कर्णालीको स्याउले बजार नपाएको लगायतका समस्या कायमै रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्