Logo

विपी राजमार्ग आजदेखि पूर्ण रुपमा सञ्चालनमा आउँदै



काठमाडौं, २८ असोज । गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढी पहिरोका कारण अवरुद्ध विपी राजमार्ग आजदेखि पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । अविरल वर्षपछि आगएको बाढीले राजमार्गको भकुण्डेबेसी बर्षेखोला खण्ड (काभ्रे) को करिब ८ किमीभन्दा बढी लम्बाईको सडक पूर्ण रूपमा बगाएको थियो ।

उक्त ठाउँमा हाल ट्रयाक निर्माण गरी साना सवारी साधनको लागि मात्र आवागमन खुलाइएकोमा चौकीडाँडा र माम्ती खोला नजिकको डाइभर्सन आज साँझसम्म सुधार गरि यसअघि सो राजमार्गमा यातायात सञ्चालनका लागि अनुमति प्राप्त सवारी साधन सञ्चालनमा ल्याइने सडक डिभिजन भक्तपुरले जनाएको छ ।

उक्त खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले रातीको समयमा यात्रा नगर्न भनिएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्