Logo

मृतक चन्द्रबहादुर कामीको टाउको सेफ्टी ट्याङ्कीमा फेला



काठमाडौं, २८ असोज । बाँकेको कोहलपुरका चन्द्रबहादुर कामीको छाउको सेफ्टी ट्याङ्कीमा फेला परेको छ । कोहलपुर नगरपालिका –८ पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शितलनगरमा गत शनिबार राति उनको शव टाउको काटिएको अवस्थामा फेला परेको थियो ।

प्रहरीले खोज तलाशको क्रममा घटनास्थलबाट करिब पाँच सय मिटर पूर्वउत्तरमा सुनिता परियारको घरको सेफ्टी ट्याङ्कीमा टाउको फेला परेको हो ।

घटना पश्चात शंकाको घेरामा रहेका अनिल परियारको बहिनी नाता पर्ने सुनिताको घरको ट्वाइलेटको सेफ्टी ट्याङकीमा मृतक कामीको टाउको फेला परेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्