Logo

आफूले राजीनामा दिएको स्मरण गराउँदै कमल थापाले गराए प्रधानमन्त्री ओलीको ध्यानाकार्षण



काठमाडौं, २८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले एन्फा व्यवस्थापनको गलत निर्णय र कमजोरीको कारण पहिरोमा परेर ६ जना किशोरको दुःखद निधन भएको भन्दै आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकार्षण गराउँदै घटनाको छानविन आयोग गठन गर्न माग गरेका छन् । गत असोज १२ गते मकवानपुरका ३ जना विद्यार्थीसहित ६ जना विद्यार्थीको पहिरोले पुरेर निधन भएको थियो ।

‘गत २०८१ असोजमा एन्फा व्यवस्थापनको गलत निर्णय र कमजोरीको कारण पहिरोमा परेर ६ जना किशोरको दुःखद निधन भयो। वर्तमान समयमा एन्फा नेतृत्वबाट राजीनामाको आशा वा अपेक्षा गर्दिन । कमसेकम सरकारले छानविन आयोग गठन गरोस् र पिडितलाई न्याय देओस् भन्ने माग गर्दछु। यस तर्फ प्रम केपी ओलीको ध्यान आकर्षित गर्दछु,’– उनले भनेका छन् ।

२०४५ साल फागुनमा आँधिबेहरीको कारण दशरथ रंगशालामा भएको दुर्घटनामा धेरैको ज्यान जाँदा आफूले अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षबाट तत्काल राजीनामा दिएको उनले स्मरण गराएका छन् । तत्कालीन सरकारले छानविन आयोग गठन गर्दा अन्ततः राष्ट्रिय खेलकुद परिषद विघटन भएको र शिक्षामन्त्री राजीनामा दिन बाध्य भएको उनले उल्लेख गरेका छन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्