Logo

मिनबहादुर गुरुङले एमालेलाई जग्गा दिँदा अरुलाई टाउको दुख्नुपर्ने कारण छैनः एमाले नेता रिजाल (भिडिओसहित)



काठमाडौं, २९ असोज । नेकपा (एमाले) का नेता विष्णु रिजालले व्यवसायी मिनबहादुर गुरुङले पार्टीलाई जग्गा सदहयोग गर्दा अरुलाई टाउको दुख्नुपर्ने कारण नरहेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गुरुङ एमाले समर्थक रहेको र उनले आफ्नो इच्छाले सहयोग गरेको बताए । अहिले मिनबहादुर र सरकारबीच कुनै प्रकारको विवाद नरहेको उनले बताए । मिनबहादुरको कुनै मुद्दा रहेको खण्डमा पनि त्यो अदालतमा विचाराधीन रहेको उनले टिप्पणी गरे ।

साथै, उनले एमालेजस्तो पारदर्शी भएर देखाउन अरु दललाई चुनौति दिए । ‘मीनबहादुर गुरुङले हामीलाई जग्गा उपलब्ध गराउनुभयो । भवन पनि बनाउँदै हुनुहुन्छ भनेर हामीले आम जनतालाई भन्यौं । अरु पार्टीहरुको आर्थिक जीवन यती पारदर्शी छ त ? यो कुरा हामीले बुझ्नुपर्ने हुन्छ । मिनबहादुर गुरुङको अहिले सरकारसँग कुनै पनि समस्या छैन । कुनै मुद्दा छ भने त्यो अदालतमा छ । मिनबहादुर गुरुङ कानुनले निधेष गरेको व्यापारी पनि होईन,’– उनले भने ।

मिनबहादुर गुरुङले दिएको जग्गामा पार्टी कार्यालय बनाउन लागिएको भन्दै एमालेभित्र पनि आक्रोश सुरु भइसकेको छ । उनले पार्टीमा अहिले अनुशासनको दायरा नाघ्ने प्रवृत्ति देखापरेको बताए । एमालेका अहित चाहनेहरुले पार्टी कार्यालय बनाउने कुराको विरोध भइरहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्