Logo

ओली नेतृत्वको सरकार बनेसँगै अर्थतन्त्रमा सकारात्मक सुधार आएको एमाले महासचिव पोखरेलको दाबी



काठमाडौं, २९ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कांग्रेस–एमाले नेतृत्व सरकार गठन भएसँगै अर्थतन्त्रमा सकारात्मक सुधार आएको बताएका छन् । दाङको तुलसिपुर– १६ मा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले दलहरु धेरै हुँदा सरकार अस्थिर भएको बताए । उनले स्थिर सरकारका लागि दुई दलको मात्रै विकल्प रहेको बताए ।

तुलसिपुर उपमहानगरपालिका वडा नम्बर १६ वडा कमिटी अध्यक्ष प्रेमलाल खत्रीको अध्यक्षता एवम् महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि पोखरेलले विकासमा जनताको प्रत्यक्ष सहभागिता भएमात्रै दिगोपन आउने बताए । उनले तीन तहकै सरकारबीच समन्वय र सहकार्यबाट जनताले विकासको प्रत्यक्ष अनुभूति गर्न सक्ने बताए ।



प्रतिक्रिया दिनुहोस्