Logo

एमाले पार्टी कार्यालय बनाउन दिइएको दाने जग्गाले ओली-गुरुङ दुवैको शाख नउठेको कांग्रेस नेताको टिप्पणी



काठमाडौं, २९ असोज । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले एमाले पार्टी कार्यालय बनाउन दिइएको जग्गाले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र व्यवसायी मिनबहादुर गुरुङ दुवैका शाख नउठेको टिप्पणी गरेका छन् । भाटभटेनीका सञ्चालक गुरुङले काठमाडौंको कीर्तिपुर नगरपालिका– २ मा १० रोपनी १४ आना जग्गा एमालेलाई दान दिएका थिए । एमालेले सो स्थानमा पार्टी कार्यालय बनाउन शिलान्यास गरिसकेको छ ।

ललिता निवास जग्गा प्रकरणका आरोपितसमेत रहेका गुरुङबाट सरकार प्रमुख भएको अवस्थामा केपी शर्मा ओलीले पार्टीका लागि जग्गा दान लिएको भनेर आलोचनासमेत हुन थालेको छ । जग्गाको विषयलाई लिएर एमालेभित्र पनि असन्तुष्टि चुलिएको छ । कांग्रेस नेता खतिवडाले सामाजिक सञ्जालमार्फत जग्गा लिनुदिनु दुवै गलत रहेको टिप्पणी गरेका छन् ।

उनले समाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘नेकपा एमालेको पार्टी अफिस प्रकरणमा प्रधानमन्त्री केपी ओली रसमाजसेवी मिन ब गुरुङ दुवैको शाख उठेन। के हुँदैछ ? आफैले बुझ्दा अझ राम्रो । केही नलेखेर बस्न मन थियो तर मन मानेन। यो समयमा बिपत्ति पिडितलाई दुवै जनाले सहयोग गरेको भए कत्ति राम्रो हुन्थो होला ?’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्